आज सुनको मूल्य घट्यो, हेर्नुहोस

Posted on: 28 Feb, 2020

फागुन १६, काठमाडौं | आज शुक्रबार सुनको मुल्य घटेको छ | यसै साताको सुरुमा आकासिएको सुनको भाउ फेरी ओरालो लागेको हो | आज छापावाल सुनको मुल्य प्रतितोला ७९ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ७८ हजार ९ सय कायम भएको छ | शुक्रबार चाँदीको मुल्य प्रतितोला ८ सय ८० कायम भएको महासंघले जनाएको छ | पछिल्लो दुई साता देखि उकालो लागेको सुनको मुल्य मंगलबारदेखि ओरालो लाग्दै आएको छ | 

चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रभावले गर्दा विश्वबजारमा सुनको मुल्य बढिरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!