पक्की पुल निर्माण कार्य अलपत्र

Posted on: 23 Aug, 2016

नन्दराम जैशी | भदौ ७, जुम्ला | कालिकोट जिल्लाको चिल्खायाँ गाविस खल्लागाढमा निर्माणाधिन पक्की पुल निर्माणको कार्य अलपत्र परेको छ । 

पुल निर्माण कार्य अलपत्र परेपछि सडक अवरुद्ध हुनुका साथै सवारी संचालन तथा यात्रुहरुलाइ असहज भएको छ । २०६९ सालमा राजेन्द्र निर्माण सेवासंग पुल निर्माणका लागि सम्झौता भइ काम शुरु भएपनि अत्यधिक बर्षा तथा हिउदे सिजनको बाहानामा ठेकेदारले समयमै काम नगर्दा निर्माण कार्य अलपत्र परेको हो ।

डिभिजन सडक कार्यालय जुम्लाका अनुसार ४ करोडको लागतमा बन्ने पुल घटिघटाउमा ठेकेदार बरमजंग बमको अक्तीयारनामामा ३ करोडमा पुल निर्माण हुने जनाइएको छ । यदि पुल निर्माण भएमा जुम्ला र मुगुबासिलाइ सहज हुने छ । यता पुल निर्माणमा सहभागि कामदारले करीब २४ लाख बराबर काम गरेको तर रकम नपाएको गुनासो गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!