जुम्लामा पहिलो पटक स्याउ गे्रडिङ्ग मेसिन संचालनमा

Posted on: 24 Aug, 2016


भदौ ८, जुम्ला | जुम्लामा पहिलो पटक स्याउ गे्रडिङ्ग मेसिन स्थापनाभई संचालनमा आएको छ । जुम्ला चन्दननाथ नगरपालिका ६ कालेखोलीमा रहेको स्याउ गे्रडिङ्ग मेसिन मंगलबारबाट औपचारीक रुपमा संचालनमा आएको हो ।

एक अपौचारकि कार्यक्रमका बिच आज प्रमुख जिल्ला अधिकारी रुद्धप्रसाद पण्डितले स्याउका दाना गे्रडिङ्ग मेसिनमा हालेर मेसिन उद्घाटन गर्नुभएको थियो । स्याउ गे्रडिङ्ग मेसिन संचालनमा आएपछि जुम्लाका स्याउ किसान तथा व्यापारीलाई स्याउको गे्रड छुट्याई स्याउ विक्री वितरण गर्न सहज हुने भएको छ ।

जिल्लामै मेसिन स्थापना भइ सञ्चालन भएपछि स्याउ किसान तथा ब्यापारी पनि खुसि भएका छन् । आर्थिक वर्ष २०६९÷७० मा फलफुल विकास निर्देशनालय किर्तिपुरको ७५ प्रतिशत अनुदानमा स्थापना गरीएको स्याउ गे्रडिङ्ग मेसिन लामो समयपछि यो वर्षवाट सञ्चालनमा आएको हो । जिल्ला सहकारी सघं जुम्लाका अध्यक्ष पदम बहादुर महतका अनुसार निर्देशानालयको ७५ प्रतिशत अनुदान र सहकारीको ६८ लाखको लागतमा स्याउ गे्रडिङ्ग मेसिन स्थापना गरी संचालनमा ल्याइएको छ ।

उक्त मेसिनले प्रति घण्टा २ टन स्याउको गे्रडिङ्ग गर्ने अध्यक्ष महतले बताए । मेसिनले स्याउलाई धुने, सुकाउने, पुच्ने र वाक्सिङ गर्नुका साथै ६ वटा विधिबाट गे्रडिङ्ग गर्ने सिस्टम रहेको जनाइएको छ । यसैबिच स्याउलाई गे्रडिङ्ग गरी बिक्रिवितरण गर्न चाहाने किसानलाई गे्रडिङ्ग मेसिनमा स्याउ ल्याउन समेत आग्रह गरीएको छ । स्याउ गे्रडिङ्गका लागि प्रति के.जी २ रुपैया ४ पैशा शुल्क निर्धारण गरीएको छ ।      

यस बिषयमा तपाइको प्रतिक्रिया...!