त्रिविका क्याम्पसहरूमा भौतिक उपस्थितिमै पढाइ सुरू हुने

Posted on: 01 Dec, 2020

मंसिर १६, काठमाडौं |  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरुमा नियमित पठनपाठन सुरु हुने भएको छ | विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण रोकिएको पढाइलाई त्रिविले पुनः सुचारु गर्ने भएको हो | 

स्वास्थ्य सुरक्षाका मापदण्ड पालनागरि भौतिक उपस्थितिमै पठनपाठन गराइने त्रिविका प्रा.डा. शिवलाल भुसालले जानकारी दिए | कोरोनाबाट जोंगीदै पढाइलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको उनले बताए | स्थानीयतहसंग छलफल गरि सम्भव भएसम्म भौतिक उपस्थिति पढाइ संचालन गरिने र नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख गरिएको छ |

स्वास्थ्य सतर्कता अपनाउंदै त्रिविले रोकिएका परिक्षाहरु भौतिक उपस्थितिमै संचालन गर्ने तयारी समेत गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!