शिक्षा मन्त्रालयले भन्यो : विद्यालयमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरौं

Posted on: 25 Mar, 2021

चैत १२, काठमाडौँ । शिक्षा मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट बच्न विद्यालयमा भिडभाड नगर्न आग्रह गरेको छ ।

'शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउनु हुन अनुरोध गरिन्छ ।'मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । 

मन्त्रालयले विद्यालयमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना तत्कालका लागि नगर्न नगराउन समेत सबैमा अनुरोध गरेको छ ।

May be an image of text

यस बिषयमा तपाइको प्रतिक्रिया...!