अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने

Posted on: 26 Feb, 2017

फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने सहमति भएको छ । 

मलेसिया जाने नेपाली कामदारले हालसम्म स्वास्थ्य परीक्षण लगायत रकम सहित १५ हजारभन्दा बढी रकम तिर्दै आएका छन् । तर मलेसिया जाने कामदारले अब स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल बापतको रकम बाहेक कुनैपनि नाममा पैसा तिर्नु पर्दैन । म्यानपावरले कामदारसँग भिषा अगावै बिभिन्न बहानामा पैसा अशुल्ने गरेकोमा अब भने म्यानपावरलाई पनि रोजगारदाताले नै पैसा दिने भएपछी कामदारसँग कम पैसा अशुल्ने विश्वास गरिएको छ । 

सरकारले यो बिषयमा हस्ताक्षर गरिसकेको भएपनि कार्यान्वयन हुन अझै केहि समय लाग्ने बताइएको छ । मन्त्रालयका अनुसार नेपाली कामदारको हितका लागि नेपाल सरकारले राखेको अधिकांश विषयमा अझै पनि मलेसिया सहमत देखिएको छैन । 

त्यस्तै मलेसिया जाने कामदारको एकतर्फी हवाई टिकट र काम गर्ने अवधि ‘वर्किङ आवर’को बीमा उपलब्ध गराउने विषयमा मलेसियाले सहमति जनाए पनि दोहोरो निशुल्क टिकटको लागि सहमति भएको छैन । 


बैदेशिक रोजगार:

यस बिषयमा तपाइको प्रतिक्रिया...!