१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियाले विदेशी श्रमिक नलिने पक्का

६ बैशाख २०८१, बिहीबार १०:२२

बैशाख ६, काठमाडौँ । नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले अप्रिल २१ तारिख अर्थात् बैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ । 

सुरुमा मलेसियाको गृह मन्त्रालयलेले गत मार्च ३१ तारिखदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको भए पनि करिब २१ दिन थप गरेर अप्रिल २१ तारिखदेखि पूर्ण रूपमा विदेशी कामदार नलिने निर्णय गरेको हो ।

मलेसिया सरकारले आफ्नो निर्णयबारे नेपाल सरकारलाई औपचारिक जानकारी नगराए पनि उसको आधिकारिक वक्तव्यमा विदेशी कामदार नलिने भनिसकेकाले यसको सिधा असर नेपालमा पर्ने भएको छ । 


मलेसियाका गृहमन्त्री सेरी सैफुद्दीन इस्माइलले आप्रवासी कामदारको आगमनलाई नियमन गर्ने सरकारको निर्णय भएकाले मार्च अप्रिल २१ तारिखपछि आप्रवासी कामदार नलिइने बताएका थिए । तर, मार्च २१ पछि सधैँका लागि नलिने वा निश्चित समयपछि फेरि खुलाउने भन्ने विषयमा मलेसियन सरकार अहिलेसम्म बोलिसकेको छैन ।

नेपालसहित विभिन्न १५ वटा मुलुकबाट मलेसियामा कामदार जाने गरेकोमा नेपाली श्रमिकको सबैभन्दा मुख्य गन्तव्य नै मलेसिया भएका कारण नेपाललाई सबैभन्दा बढी असर पर्ने देखिएको हो ।

मलेसियाको श्रम शक्ति करिब एक करोड ७० लाख छ । सरकारी नीतिअनुसार त्यसको १५ प्रतिशत अर्थात् २५ लाख ५० हजार आप्रवासी श्रमिकलाई अवसर दिइनेछ । तर अहिले नै २१ लाख ३० हजार ९३१ आप्रवासी मलेसियामा कार्यरत छन् । त्यसमध्ये नेपालीहरु मात्रै ५ लाख हाराहारीमा छन् ।

मलेसियामा अहिले कम्पनीहरुले ओभरटाइम नदिएका कारण आप्रवासी कामदारको आकर्षण समेत घटिरहेको छ । कतिपय काम नपाएर अलपत्र समेत परिरहेका छन् ।

०७५ सालयता नेपालबाट शुन्य लागतसहितको श्रम सम्झौता गरेपछि मलेसियाले नेपालीहरुलाई प्राथमिकतामा राखेर लैजाने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग