विदेशबाट घर र्फकँदै हुनुहुन्छ, कति वटा मोबाइल फोन ल्याउन पाइन्छ ?

Posted on: 27 Nov, 2017

काठमाडौं । प्राय जसो नेपालीहरुले विदेशबाट फर्कंदा मोबाइलहरु ल्याउने गरेका छन् । रोजगारीको लागि बिदेश गएका कामदार, उच्च शिक्षाका र भम्रण जानेहरुले समेत नेपाल आउँदा परिवारका सदस्य तथा साथीभाइहरुलाई गिफ्ट ल्याउने गरेका छन । नेपालमा रहेकाहरुले पनि विदेशबाट आउने आफन्त तथा साथी भाइसँग भखरै सार्वजनिक भएका तथा चर्चित ब्रान्डका नयाँ मोबाइल गिफ्ट अफर गर्ने गर्छन् ।

परिवारका सदस्य र साथीभाइको आग्रह मान्ने हो भने नेपाल र्फकदा साथमा चारदेखि पाँचवटासम्म मोबाइल लिएर आउनुपर्छ । कतिपयले भने व्यापार गर्ने लक्ष्यसमेत राखेर मोबाइल ल्याउँछन् ।

तर, उनीहरुलाई नेपालको भन्सार नियम कानुन थाहा नहुँदा नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको भन्सार कक्षमा आइपुगेपछि समस्यामा पर्छ । त्यतिमात्रै होइन, विदेशमा खरिद गर्दाको भन्दा बढी मूल्य भन्सारमा बुझाउन बाध्य हुन्छन् ।


झिटीगुन्डा सम्बन्धि ऐन नियमले विदेशबाट नेपाल र्फकनेहरुलाई आफूले प्रयोग गरेको एक सेट मोबाइल ल्याउन मात्र छुट दिन्छ । त्यसमा विदेशबाट आउनेहरुलाई आफूले प्रयोग गरेको पुरानो मोबाइल सेट बाहेक एउटा नयाँ सेट पनि विना शूल्य ल्याउन दिने गरेको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

त्यस बाहेकको हकमा भने विदेशबाट आउनेहरुले व्यवाहरिक रुपमा ल्याउने केही मोबाइल सेटको लागत मूल्यको आधारमा भन्सार शूल्य तथा जरिवाना लाग्नेछ । विदेशबाट नेपाल र्फकने यात्रुले २० हजारको मोबाइल सेट भन्सारले दिने सुविधाभन्दा बढी ल्याएमा ४० प्रतिशत भन्सार शूल्क र ४० प्रतिशत नै जरिवाना गरी ८० प्रतिशत रकम बुझाउन पर्ने हुन्छ । त्यस्तै अस्वभाविक रुपमा व्यापार गर्नकै लागि मोबाइल ल्याउनहरुको मोबाइल भने जफत गर्दै कारबाही हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!