मृत्युदण्डको मुखमा पुगेर नेपाल फर्किए भिमबहादुर, विदेश जानेहरुलाई दिए यस्तो सन्देश

Posted on: 22 Dec, 2017

पुस ७, मलेशिया । झन्डै मृत्युदण्डको मुखमा पुगिसकेकामा भिम बहादुर नेपाल फर्किएका छन् । इलामको साविकको एकतप्पा गाविस-७ घर भएका भिमबहादुर दियाली मृत्यु दण्डको सजाय हुनबाट जोगिएर नेपाल फर्किएका हुन् ।

सेक्युरिटी कम्पनीमा कार्यरत दियालीलाई रोजगारी सकेर घर र्फकन लागेको अवस्थामा लागु पदार्थ झोलामा बोकेको भन्दै फसाउन खोजिएको थियो । 

नेपाल पुगे पश्चात आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । साथै भनेका छन्,’ अन्जानमा कसैको पनि केही सामानहरु नबोक्नुहोला ।’

गत वर्ष फेव्रुवरी १८ तारिखमा दियाली मलेसियामा पक्राउ परेका थिए । उनि पक्राउ परेपछि मलेसिया स्थित नेपाली दुतावासको पहलमा वकिलको ब्यवस्था गरेको थियो ।


वकिलको सहयोगमासेप्टेम्बर १५ तारिखका दिन दियाली मलेसियास्थित अदालतबाट निर्दोष सावित भई सफाइ पाएका थिए । उनि छुट्नुमा मलेसिया स्थित नेपाली दुतावास र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको विशेष पहल रहेको थियो ।

जेल परेका उनि मलेसियाको सुगाईवुलो जेलमा करिव डेढ वर्ष र क्याम्पमा तीन महिना बिताएका थिए ।

उनि अहिले नेपाल फर्किसकेका छन् । उनले विदेश जाने नेपालीहरुलाई विदेश जाने वा विदेशबाट फर्कने क्रममा आफ्नो झोला आफैले प्याक गर्न र नचिनेका मानिसले दिएको झोला नबोक्न आग्रह गरेका छन् साथै आफुलाई सहयोग गर्नेहरु सबैलाई धन्यवाद दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!