मन्त्री ज्ञवाली र विष्टद्धारा साउदीमा वन्धक बनाईकी गुल्मीकी महिलाको उद्धार

Posted on: 30 Jun, 2018

प्रेम सुनार/असार–१६, गुल्मी ।  गुल्मीबाट निर्वाचित सांसद तथा संघिय सरकारका दुवै मन्त्रीद्धयहरुले साउदी अरवमा वन्धक बनाईकी गुल्मीकी एक महिलाको उद्धार गरेका छन् । मालिका गाउँपालिका वडा नम्वर –८ मरभुङ्ग द्वाँवासकी लक्ष्मी पौड्यालको पराराष्ट मन्त्री प्रदिपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको पहलमा उद्धार गरिएको साउदी अरवबाट चम्पबहादुर कार्कीले जानकारी दिए ।

उनले भने–‘हामीले परराष्ट्र मन्त्रालयका उपसचिव तेजबहादुर क्षेत्रीसंग आग्रह गर्यौ उहाँले तत्काल पहल गरेर उद्धार गर्नु भई मालिकले कुटपिट यातना र बन्धक बनाईएकी उनलाई त्यहाँबाट निकालेर अहिले यहाँको दुतावासको संरक्षणमा राखिएको छ  ।’

उपसचिव क्षेत्री संग सम्पर्क राख्दा गुल्मीका दुवै जना मन्त्री ज्युहरुबाट निर्देशन भएपछि  तत्काल उद्धार गर्न सकिएको जानकारी दिए । उनले साउदी अरवस्थित जेदाका काउन्सिलर रेवतीरमण पौड्यालले त्यहाँ ठुलो पहल गरेको बताए ।

जन्मथालो गुल्मी मै रहेका उपसचिव क्षेत्रीले लण्डनमा छँदा देखि नै वैदेशिक रोजगारमा रहेका नेपालीको उद्धार र हकहितको क्षेत्रमा गरेको कार्य सर्वत्र चर्चाको विषय बनेको थियो । ति महिला दिल्ली हुँदै कुवेतमा ६ महिना अघि पुगेको र करिव २० दिनअघि  दलालले कुवेत पुराएको थियो ।

उनलाई खान समेत नदिएर बन्धक बनाएपछि कार्की लगायत त्यहाँ रहेका गुल्मेलीहरुले स्थानिय तहमा पहल थालेका थिए । उनलाई अव छिट्टै नेपाल फर्काउने प्रकृया अगाडी बढाईएको उपसचिव क्षेत्रीले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!