म्यानपावर व्यवसायी संघले भन्यो: मलेसिया कलिङ भिषा आएकाको श्रम स्वीकृति खोल्नु

Posted on: 27 Nov, 2018

मंसिर ११, काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको लागि कलिंग भिषा आएका कामदारलाई एक हप्ता भित्र श्रम स्वीकृति प्रदान गर्नको लागि सरकारलाई अनुरोध गरेको छ । संघले आज एक प्रेस विज्ञप्ति जारी  गर्दै आगामी मंसिर १९ गतेभित्र मलेसियाको कलिङ भिषा प्राप्त गरेका कामदारको श्रम स्वीकृति खुला गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको हो । 

संघले मंसिर १९ सम्म पनि माग सुनुवाई नभएको खण्डमा कलिङ भिषा प्राप्त कामदारहरुको भिषा स्टायाम्पिङ गर्ने प्रक्रिया अगाडी बढाउन, पुर्व र अन्तिम श्रम स्वीकृति पेश गर्न सबै व्यवसायीहरुलाई आह्वान गर्न बाध्य हुने जनाएको छ । 

मलेसिया सरकार र नेपाल सरकार विच श्रम समझदारी भई मलेसिया पठाउने बाटो खुला गरेको र सम्झौता अनुसार गठित संयुक्त्त कार्यदलको पहिलो बैठकले समेत कामदार पठाउने निर्णय गरेको भन्दै कामदार रोकिनु ठिक नभएको संघले जनाएको छ । 

नेपाल र मलेसिया विच गत कार्तिक १२ गते श्रम समझदारी पत्रमा हस्ताक्ष्रर भएको थियो । गत जेठ ३ गते श्रम मन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि चर्को असुली भइरहेको भन्दै भिएलएन, बायोमेट्रिक,ओएसजी, जिएससी र माइग्राम खारेजको घोषणा गरेका थिए । सो पश्च्यात मलेसियाको श्रम स्वीकृति खुल्न सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!