नवलपरासीबाट बैदेशिक रोजगारीमा गएका ८४ जना सम्पर्क बिहिन

Posted on: 17 Dec, 2019

पुष १, काठमाडौँ | वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो ६ बर्षमा ३८८ जना परिवारको सम्पर्क बाहिर रहेको आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले जनाएको छ ।  जसमध्य सबैभन्दा बढी ८४ जना नवलपरासी जिल्लाकै रहेका छन् । 

त्यस्तै कैलालीबाट २२ जना, धनुषाबाट २१ जना, धादिङ र सिन्धुपाल्चोकबाट २०/२० जना, सर्लाहीबाट १९ जना, उदयपुरबाट १५ जना, सुनसरीबाट १४ जना, सप्तरी र नुवाकोटबाट १३/१३ जना तथा अन्य जिल्लाका १४७ जना नेपाली परिवारको सम्पर्क बाहिर रहेका छन् ।

पिएनसीसीले जनाए अनुसार २०० जना नेपाली मलेसिया पुगेर परिवारसंग सम्पर्क बिहिन छन् । त्यस्तै साउदीअरेबियाबाट ६७, कुबेतबाट ४६, संयुक्त अरब इमिरेट्सबाट ३२, कतारबाट २२ र अन्य मुलुक पुगेका ३० नेपाली परिवारको सम्पर्कमा छैनन् । 

वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएको अध्ययनले देखाएको छ । 


पिएनसिसिले परिवारको सम्पर्क बाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेको थियो । वैदेशिक रोजागरीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभाग, उनीहरुको वृत्तचित्र, फोटोलगायतको माध्यमबाट खोजी गरिने पीएनसिसिले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!