यूएईमा रहेका नेपालीमा अत्यन्त जरुरी सूचना, समस्यामा परे दूतावासमा सम्पर्क गनुहोस्

Posted on: 23 Mar, 2020

चैत्र १०, यूएई । युएईस्थित नेपाली दुतावासले युएईमा रहेका नेपालीहरु भिसा सकिएर वा नेपाल फर्कन नपाएर समस्यामा परेमा युएईस्थित नेपाली दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

दुतावासले एक सूचना जारी गर्दै युएईमा कार्यरत कम्पनीले काम नदिएकोले खान बस्न समस्या भएमा पनि आबुधाबीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितीले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने घोषणा गरिसकेको छ । दूतावासले समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई सम्पर्क व्यक्ति तोकेर काम गरिरहेको जनाईएको छ ।

कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, सामाजिक संघसस्था तथा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

दुतावासको सम्पर्क नम्बरहरु : +९७१२६३४४७६७, +९७१२६३४४३ ८५ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!