मलेसियामा भिसाविहीन श्रमिकलाई रि–हाइरिङ सुविधा, हजारौं नेपालीलाई अवसर

Posted on: 21 Nov, 2020

मङ्सिर ६, काठमाडौं | मलेसिया सरकारले कम्पनी छाडेर गैरकानुनी रूपमा बसेका भिसाविहीन श्रमिकले नयाँ 

कम्पनीमा वैधानिक हैसियतमा काम गर्न पाउने नीति ल्याएको छ । यो नीतिसंगै मलेसियामा भिसाविहीन हुने श्रमिकहरु लाभान्वित हुनेछन् । 

मलेसिया सरकारले आगामी डिसेम्बरसम्म भिसाविहीन हुने श्रमिकले पनि अर्को कम्पनीमा काम गर्न पाउनेछन् । कोरोना महामारीको कारण श्रमिक अभाव भएपछि मलेसिया सरकारले ‘रि–हाइरिङ’ कार्यक्रम ल्याएको हो । जुन कार्यक्रमले भिषाको म्याद सकिएर इलिगल भएर बसेका कामदारहरूको हकमा एउटा अवसर दिएको छ । 

मलेसियाले नोभेम्बर १ देखि रि–हाइरिङ कार्यक्रम लागू गरेको हो । यसमा करार अवधि समाप्त भएका श्रमिक मात्रै नभई गैरकानुनी श्रमिकले पनि नयाँ रोजगारदातासंग जोडिन पाउने बाटो खुलेको छ । रि–हाइरिङका लागि अध्यागमन कार्यालयमा २ हजार रिंगिट बुझाउनुपर्छ । जुन रकम रोजगारदाता कम्पनीलेनै व्यहोर्छ । 

हाल कम्तीमा पनि ५० हजार नेपाली मलेसियामा भिसाविहीन अवस्थामा रहेको आजको कान्तिपुर दैनिकमा समाचार छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!