बलिउड स्टार सलमान तनावमा, जेल सजाय हुन सक्ने

Posted on: 19 Oct, 2016

एजेन्सी | बलिउड नायक सलमान खानले सफाइ पाइसकेको कालो हरिण सिकारको मुद्दा बल्झिने भएको छ । यो मुद्धा बल्झिएपछि सलमान तनावमा आएका छन् ।

सलमानले कालो हरिण सिकार गरेको मुद्धा बल्झिएसँगै आरोप ठहर भएमा उनलाई जेल सजाय हुन सक्ने बताइएको छ । सफाइ पाइसकेको मुद्धा बल्झिएपछि सलमान जेल जान सक्ने खतरा बढेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

भारतको राजस्थान सरकारले सुप्रिम कोर्टमा मुद्दाबारे स्पेसल अपिल गर्ने भएपछि उनको मुद्धा बल्झिएको हो । उनले कालो हरिण सिकार गरेको ठहर भएमा उनलाई जेल सजाय हुने छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!