'नीर जहिले रिसाउनी'मा साहिद, सलमान र सोनाक्षीको डान्स ! (भिडियो सहित)

Posted on: 27 Oct, 2016

कात्तिक ११, काठमाडौं । आउँदो मंसिर १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुरानो डुंगा’ को मुख्य गीत 'नीर जहिले रिसाउनी…' युवापुस्ताको ध्यान यति खिचेको छ कि उक्त गीतलाई केहि तन्नेरीहरुले डुप्लिकेट भिडियोमा उतारीदिएका छन् ।

पछिल्ल्लो समय चलेका गीतहरुलाई कभर दिने क्रम बढेसँगै फिल्मको प्रमोशनमा पनि निकै सहयोग पुगेको चलचित्र क्षेत्रमा काम गर्नेहरुको अनुभव छ । टिभी फिल्मीमा आउने कार्यक्रम डुप्लिकेटमा बिभिन्न नेपाली गीत वा कुनै पनि एक गीतलाई अर्कोमा मिलाएर उस्तै मिल्दो भिडियो देखाइन्छ । तल देखाईएको भिडियो पनि त्यस्तै गरिएको हो ।

‘कबड्डी-कबड्डी’ निर्देशक रामबाबु गुरुङद्वारा निर्देशन भएको चलचित्र ‘पुरानो डुँगा’को यो हिट गीतमा पछिल्लो समय भारतीय ख्यातीप्राप्त नायक सलमान खानलाई जोडेर भिडियो बनाइएको छ, भिडियोमा साहिद कपुर, सलमान खान, सोनाक्षी सिन्हादेखि धुर्मुस-सुन्तली समेतलाई जोडेर भिडियो बनाईएको छ । 

हेर्नुहोस् सलमान खानलाई जोडेर बनाइएको भिडियो कस्तो बनेको छ ?



यस बिषयमा तपाइको प्रतिक्रिया...!