नेपाली चलचित्र तुइन शिर्ष गीत सार्वजनिक (भिडियो)

Posted on: 09 Dec, 2016
नेपाली चलचित्र  'तुइन' को
​ ​
शिर्ष गीत 
बुधबार
​ ​
सार्वजनिक भएको छ । निर्माण टोलिले सामाजिक सञ्जाल युट्युव मार्फत  चलचित्रको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा गोरखा र धादिङबासीहरुले त्रिसुली नदिको वारपार गर्दा पर्योग गर्दै आएको तुईनको पीडाभाव अनि यथार्थता बोलेको छ । 
 
गीतमा स्वर पुष्पन प्रधानले दिएका छन् भने उनलाई स्वरमा साथ कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले साथ दिएका छन् । गीतको शब्द तथा संगीत सुरेश अधिकारीको हो । 
 
युवा निर्देशक उत्सव प्रताप थपलियाको 'तुईन'ले गोरखा र धादिङबासीले दैनिकी रुपमा खेप्नु परेको तुईनको यथार्थ पीडा बोलेको छ । फिल्मले  'तुईन' प्रयोग गरेर विधालय जाने अनि फर्किने विधार्थीहरुको कथालाई समेत पर्दामा उतारेको छ । 
 
चलचित्रमा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल,  न्यन्सा लगायतको अभिनय छ । चलचित्रको कथा मोहन गेलालको हो । चलचित्र लाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टोलि छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!