कलाकार आर पि भट्टराई रहेनन्

Posted on: 09 Dec, 2016

मंसिर २४, काठमाडौं । कलाकार आर पि (रुद्र प्रसाद) भट्टराईको निधन भएको छ । लामो समय देखी कलकारीतामा सक्रिए आर पि विराटनगर स्थित फुपुको घरमा विहान मृत भेटिएको पारिवारीक स्रोतले जानकारी दिएको छ । बिहिबार सांझ उनि फुपुकोमा पुगेका थिए । ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । रादारामले अभिनय गरेको ‘तीतो सत्य’ टेलिश्रृंखला निकै चर्चित थियो । 

उनी तितोसत्यमा रादारामको भुमिकामा अभिनय गर्दथे । साथै उनले पछिल्लो समय अभिनय गरेको छक्का पञ्जा चलचित्र अहिले पनि नेपाली सिनेमा हलहरुमा चलिरहेको छ । ( उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो । उनको श्रीमति र २ छोरा छन् ।

उनले गाएको पछिल्लो गीतको भिडियो हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!