दुबईमा 'नेफ्टा अवार्ड' चलिरहँदा हलबाटै किन बाहिरिए आर्यन सिग्देल ?

Posted on: 25 Dec, 2016

पुस १०, काठमाडौँ | शुक्रबार राति, दुबइमा अवार्ड वितरण भैरहेको बेला चकलेटी उपनाम पाएका नायक आर्यन सिग्देल भने हलबाटै बाहिरिए । उनले अवार्ड कार्यक्रम बहिष्कार गरेर बाहिरिएको कुरा आईरहेको बेला के कारण उनि त्यहाँबाट बाहिरिए भन्ने टिका-टिप्पणी भएका छन् ।

तर अवार्ड वितरण भईरहँदा १ घन्टा अगाडि नै हलबाट बाहिरिएका भनिएपनि उनी हलबाट बाहिरिदा, अभिनेता विधामा अवार्ड वितरण भएकै थिएन । अभिनेता विधामा आर्यन पनि दावेदार रहेका आर्यनलाई अवार्ड नदीई  ‘कबड्डी कबड्डी’बाट दयाहाङ राइले अवार्ड पाए । आर्यन अवार्ड पाउने आशामा दुबई गएको भएपनि अवार्ड नपाउने निश्चित भएपछी हलबाट निस्किएको भन्ने टिप्पणी आएका छन् । 

चलचित्र क्लासिकको कारण फिल्ममा अवार्डको आशा गरेका आर्यनले भने आफु कार्यक्रम अबधिभर हलमा भित्रबाहिर गरिरहेको बताएका छन्  । उनले आफु कुनैपनि ठाउँमा एक्लै बस्न नसक्ने बताए  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!