रामजी खाँण र प्रमिला तामाङको नयाँ गीत बजारमा (भिडियो)

Posted on: 04 Apr, 2017

चैत २१, काठमाडौं । नेपाली लोक तथा दोहोरी गीतक्षेत्रका चर्चित गायक रामजी खाँण र गायिका प्रमिला तामाङको स्वरमा एक नचाउने गीत बजारमा आएको छ । ‘सर्काईदेऊ’ बोलको उक्त लोकगीतमा मोडल बब्बु थापा र गायिका प्रमिलाकै नृत्य देख्न सकिन्छ । गीतमा शिब हमालको लय/शब्द रहेको छ । बब्बु थापाले निर्देशन गरेको भिडियोलाई दुगौ पौडेलले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् ।


गायक रामजी खाँणले गाएका पछिल्लो समय धेरै गीतहरुलाई दर्शक तथा स्रोताले मन पराएको पाइन्छ । साथै गायिका प्रमिला तामाङले पनि लोक तथा दोहोरी गीतको क्षेत्रमा पाइला टेकेको केहि बर्ष हुँदैछ । उनले यो भन्दा अघि ५ वटा गीत गाइसकेकी छिन् । आँखा गाजले बोलको लोकगीतबाट गायन यात्रा शुरु गरेकी प्रमिलाको यो छैटौं गीत हो । साथै प्रमिलाले आँफुले गाएका गीतहरुमा मोडलिङ पनि गर्दै आएकी छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!