बले-कक्रोजद्धारा अमेरिकामा जुटेको सहयोग रकम जिग्री-पाँडेलाई हस्तान्तरण (भिडियो सहित)

Posted on: 01 Jun, 2017


जेठ १८, काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले सहयोग रकम हस्तान्तरण गरेका छन् । 

सप्तरीमा दृष्टिविहीन परिवारको लागि निर्माण भइरहेको तीन घरको लागि उनीहरुले २ लाख ५० हजार हस्तान्तरण गरेका हुन् । गत चैत २४ गते बले—कक्रोज अमेरिकामा हुने बिभिन्न साँस्कृति कार्यक्रमका लागी गएका थिए । सोही क्रममा अमेरिकाको जर्जिया शहरबाट उठेको सहयोग रकम जिग्री पाँडे प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । 

‘हामीले सहयोग रकम जुटाएर मनसायले गएका त होइनौं तर त्यहाँ हामी पुग्दा जिग्री पाँडे प्रतिष्ठानले यस्तो सामाजिक कार्य गर्दै रहेछ हामी जतिसक्छौं त्यति दिन्छौं भनेर केहि सहयोगी मनहरुले सहयोग गर्नुभएको हो’, कलाकार सागर लम्सालले भने ।

सुर्य लम्सालको नेतृत्वमा जर्जियामा भएका दुई कार्यक्रममा उपस्थित दर्शकहरुबाट सो रकम जुटेको सागरले जानकारी दिए । पोखरा बासी राजु थापा एक्लैले उक्त रकममा १ हजार डलर सहयोग गरेको बताइयो । हाल उनी जर्जियामै ब्यवसाय गर्दै आएका छन् ।

सहयोग रकम बुझिसकेपछि जिग्री पाँडे प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले आफुहरुले थालनी गरेको सामाजिक कार्यक्रममा अमेरिका जस्तो देशमा पुगेर पनि आफ्नो देशका गरिबीहरुका लागी सहयोग गरिदिने सबैमनमा आभार प्रकट गरे ।

प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले प्रतिष्ठानले थालनी गरेको घर निर्माणका लागी अझै २० प्रतिशत रकम अभाव भएको र अन्य जो कोहि सहयोगी मनहरुका लागी सहयोग गर्न आग्रह गरे । ‘हामीले जहाबाट जतिले सहयोग गर्नुभएको छ सबैको सहयोग बिवरण त्यसैगरी खर्च बिवरण सबै सार्वजनिक गर्ने छौं’, अर्जुनले भने ।  सहयोग रकम भद्रगोलको छायांकनस्थल मुड्खुमै हस्तान्तरण गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!