धुर्मुस सुन्तली अभिनित ‘हरियो बिल्ला’को ट्रेलर सार्बजनिक (भिडियोसहित)

Posted on: 09 Jul, 2017

असार, काठमाडौँ । नेपाली हाँस्यब्याङ्ग्य क्षेत्रका चर्चित हाँस्यकलाकार धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे निर्देशित नेपाली सामाजिक कथाबस्तु बोकेको छोटो सिनेमा हरियो बिल्लाको ट्रेलर सार्बजनिक भएको छ । 

२ मिनेट २६ सेकेण्ड लामो यस सिनेमाको ट्रेलरले सरसफाई र पारिवारीक प्रेम कथालाई प्रस्तुत गर्न खोजेको छ । 

कमेडि जनरामा निर्माण भएको यस छोटो सिनेमा ग्रामिण खानेपानि तथा सरसफाई कोषका लागि शुभ मिडिया होमले निर्माण गरेको हो । नेपालमा देखिएको सरसफाईको कमिलाई यस छोटो सिनेमाले प्रस्तुत गर्ने छ । दिपक आचार्यले लेखेको यस छोटो सिनेमा धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन् । 

हरियो बिल्लामा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

गोकुल अधिकारीले खिचेको यस छोटो सिनेमालाई रबिन भट्टले सम्पादन गरेका हुन्   भने यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज वली रहेका छन् । नेपालका केही बिकट ठाउँहरुमा अझै पनि सरसफाईको चेतना पुगिनसकेको हुनाले आफुहरुले यस छोटो सिनेमा निर्माण गरेको धुर्मुस सुन्तलीले जानकारी दिए । 

सरसफाईको कमी रहेको देशैभरीका बिकट गाउँहरुमा यसले प्रभाव पार्ने उनिहरुको बुझाई छ । बुझिएअनुसार यस छोटो सिनेमा निर्माणका लागि धुर्मुस सुन्तली सरसफाई दुत हुदा ग्रामिण खानेपानी तथा सरसफाई कोषले धुर्मुस सुन्तलीलाई जिम्मा दिएको थियो । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!