यस्तो छ नायिका नीता ढुंगानाको तीज गीत (भिडियोसहित)

Posted on: 21 Jul, 2017


साउन, काठमाडौँ । नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छिन् । 

गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाच्दै यो वर्षलाई विशेष गरी रमाइलो बनाउने निधो गरेकी हुन् । 

तीज पर्व आएसँगै नेपाली कलाकार र गायक(गायिकाको व्यस्तता बढीरहेका बेला उनी यस वर्षको तीजको गीतमा मोडलिङ गर्न व्यस्त छिन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतले सार्वजनिक भए लगत्तै राम्रो चर्चा कमाईरहेको छ ।  

शिव वीकले निर्देशन गरेको यो भिडियोलाई रविन बीकले सम्पादन गरेका हुन् भने शम्भु चालिसेले छायांकन गरेका हुन् । 

गायिका बसन्ताले यस अगाडी निकालेका गीतहरु कति बस्छौ टाढा टाढा, हेरि सिधै नजरमाले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!