अभिनेत्रीहरुले प्रेमिका बन्न अफर गरेको र यौनदुव्र्यवहार गरेको कुरा खुलाएपछी... !

Posted on: 23 Jul, 2017

साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै स्यारोनाले निर्माता सुनिल रावलले आफूलाई पारिश्रमिक नदिएको, प्रेमिका बन्न अफर गरेको, एयर होस्टेज बनाइदिन्छु भन्दै यौनदुव्र्यवहार गर्न खोजेको आरोप लगाएकी थिइन् । स्यारोनाको उक्त आरोप सत्य भएको भन्दै अर्की अभिनेत्री प्रकृति श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै साथ दिएकी छन् । 

प्रकृतिले फेसबुकमा लेखेको उक्त स्टाटसले के बुझाउँछ भने प्रकृतिलाई पनि सुनिलले नै डेब्यु गराएका हुँदा प्रकृति पनि सुनिलबाट  पीडित भएको हुन सक्ने देखिन्छ । यता, निर्माता तथा निर्देशक सुनिल रावलले भने स्यारोनाले गलत अफवाह फैलाएको बताउँदै आएका छन् । स्यारोनले सुनिललाई त्यतिकै निराधार आरोप लगाएकी भने छैनन् किनकी उनले खुलेरै भनेकी छन् -'आवश्यक पर्छ भने प्रमाण पनि जुटाउन तयार छु ।' 

जे होस् सुनिललाई आरोप थपिने क्रम बढेपछी सुनिलनै गलत हुन् कि भन्नेमा आशंका उब्जिएको छ । नेपाली चलचित्र नगरीमा धेरै निर्देशकहरुको भित्री कर्तुत बाहिर नआउने र अभिनेत्रीहरुले समेत बिबिध कारण आफूमाथि हुने त्यसखाले ब्यबहारको सार्वजनिकीकरण गर्ने गरेका छैनन् । तर पछिल्लो समय खोलिएको यस खाले आरोप सत्य नहोला भन्न भने सकिन्न । यदी निर्देशक शुनिल सहि छन् भने पनि उनले अभिनेत्रीहरुसँग डटेर सामना गर्नुपर्छ अन्यथा उनि माथि लागेको आरोप सामान्य भने हैन । 

यस्तो छ प्रकृति श्रेष्ठको फेसबुकमा स्यारोनाको समर्थन 


यस बिषयमा तपाइको प्रतिक्रिया...!