खोटाङ आईडललाई ४ प्रश्न, दोश्रो अडिसन कहिले हुन्छ ?

Posted on: 31 Dec, 2017

चिसाङ शेर्पा/पुस १६, खोटाङ । खोटाङमा जिल्लाब्यापी रुपमा सञ्चालन भईरहेको सांगितिक रियालिटी शो ‘खोटाङ आईडल’ अहिले बहुत चर्चामा रहेको छ । 

जिल्लामा रहेका कला र गलालाई बिश्वसामु पु¥र्याउन कुनाकन्दरामा लुकेर रहेका प्रतिभाको खोजि निरन्तर भईरहेको छ ।


दुई नगरपालिका, आठ गाउँपालिका रहेको खोटाङमा पहिलो चरणको लागि ११ स्थानमा अडिसन राखिएको थियो । हालसम्म दशांै स्थानमा पहिलो चरणको अडिसन सकिंएको छ । सोमवार दिक्तेलमा पहिलो चरणको अन्तिम अडिसन हुंदैछ । 

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका र गाउँपालिकामा भएको सहआयोजकको सहकार्यमा भईरहेको खोटाङ आईडलले कला र गलालाई एकसाथ बाहिर ल्याउने प्रयत्न गर्दैछ । हालसम्म दशौं स्थानबाट सांगितिक रियालिटी शोमा १ सय २३ जना छनौटमा परेका छन् । गत मंसिर २३ गते साकेला गाउँपालिकाको रतन्छाबाट शुरु खोटाङ आईडलको सम्बन्धमा कार्यक्रम संयोजक जिबन कुमार राईलाई सोधिएको प्रश्नको संपादित अंश ।

खोटाङ आईडल गराउने योजना कहाँबाट आयो ?

म आफै संगित क्षेत्रमा रुचि भएको मान्छे हुं, पुर्वाञ्चल आईडलको टप २०, नेपाल आईडलको पहिलो राउण्ड र ईटहरीस्थित नमस्ते एफएफले आयोजना गरेको नमस्ते आईडलको टप पाँचवाट बाहिरीएको थिए । यस्तै, हाम्रा कार्यक्रम ब्यवस्थापक तथा पुर्वाञ्चल आईडल टप थ्री दिपेश पायल राई सांगितकक्षेत्रका ब्यक्ति हुनुहुन्छ । समग्रमा हामी संगित क्षेत्रमा भएकाले टिमनै लागेर खोटाङ आईडलको योजना गरेका हौ । मुलत ः सिक्ने सिकाउने उद्देश्यले गरेका हौ ।  

कती रकमको आयोजनामा खोटाङ आईडल गर्दै हुनुहुन्छ । अनि आय स्रोत के हो ?

कार्यक्रमको रुपरेखा अनुसार अनुमानित १४ लाखको हो । आयस्रोत भनेको प्राय बाहिरी मुलुकमा रहेका संगितप्रेमीहरुबाट नै हो । अहिलेसम्म हामीलाई सहयोग गर्नेमा धेरै प्रवास र कार्यक्रमका लागि वितरित फर्म शुल्क, सहयोग रसिद रहेको छ । थप सहयोगको लागि गाउँपालिका, नगरपालिका, निर्माण व्यावसायी संघ, खोटाङ उधोग बाणिज्यसंघलाई प्रस्ताव पेश गरेका छौ । भावि दिनमा भोटिङ सिष्टम पनि हो ।   

हालसम्म दश स्थानमा पहिलो अडिसन सकिएको छ । कस्तो रह्यो १ सय २३ जना प्रतिभा छनौट गर्दाको यात्रा ?

कार्यक्रम स्थलसम्म पुग्न सकस त भयो नै त्यसमा पनि हाम्रो एकजना निर्णयक भक्त बिक दृष्टिविहिन हुनुहुन्छ । जो संगीतकार, गायक तथा पुर्वेली सरगम संगीत विद्धालयका सदस्य हुनुहुन्छ । तर, पनि गाउँपालिका र नगरपालिकामा रहेको सहआयोजकको व्यवस्थापन सौहार्दपुर्ण थियो । अहिलेसम्मको अडिसनले बालकदेखी बयष्कसम्मलाई स्थान दिएको छ । 

दोश्रो अडिसन कहिले हुन्छ ?

सोमबार दिक्तेलमा पहिलो चरणको अडिसन सकिदैछ । पुसको अन्तिमबाट दोश्रो अडिसन शुरु हुन्छ । त्यसका लागि आयोजकसँग सम्पर्क गर्न अनुरोध गर्छु । 






यस बिषयमा तपाइको प्रतिक्रिया...!