खोटाङका गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा

Posted on: 01 Jan, 2018

चिसाङ शेर्पा/पुस १७ खोटाङ । ‘फुल्छ फुल ऊ हागाँले नै राम्रो’ गीतबाट एकाएक चर्चामा आएका खोटाङका युवा गीतकार प्रमोद श्रेष्ठको राष्ट्रिय गीत बजारमा आएको छ । 


गत असोजमा ‘गाईदेउन गीत ए कान्छा’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका गीतकार श्रेष्ठको पुःन राष्ट्रिय गीत बजारमा आएको हो । 

गीतकार श्रेष्ठको ‘हामी सबै उस्तै उस्तै’ बोलको गीतमा केदार अनुरागी र सुस्मिता राईको स्वर समेटिएको छ । 

आईतबार यूटुवमार्फत सार्वजनिक गरिएको गीतमा भक्त बिश्वकर्माको संगीत रहेको छ । युवा गीतकार तथा साहित्यकार श्रेष्ठले हालसम्म बजारमा ल्याएका गीतहरुले राम्रो बजार लिने गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!