खोटाङ आइडल हेर्न २५ रुपैयाँ तिर्नुपर्ने, मल्टिराउण्डबाट ४० जना आउट हुँदै

Posted on: 20 Jan, 2018

चिसाङ शेर्पा/माघ ६, खोटाङ । ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा सञ्चालित ‘खोटाङ आईडल’का अबका श्रृङखला हेर्नलाई २५ रुपैयाँ तिर्नुपर्ने भएको छ । 

जिल्लाको हकमा ठूलो धनराशी भएको सांगितिक रियालिटी शो आईडललाई व्यवस्थित, मर्यादित र वातावरण अनुकुलताका लागि यस्तो नियम बनाईएको हो ।

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको पहिलो, दोश्रो चरणका अडिसन राउण्ड खुल्ला स्थानमा हुंदै आएको र अबका अडिसनहरु समिक्षालय हलमा गरिने भएपछी दर्शकलाई प्रबेशका लागि टिकट सिष्टम बनाईएको हो ।

आगामी सोमबार जिल्ला समन्वय समितिको समिक्षालयहलमा आईडलको मल्टिराउण्ड अडिसन हुंदैछ । अडिसनलाई सभ्य, भव्य र भयरहित बनाउन हलभित्र कार्यक्रम राखिएको कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । दोश्रो राउण्ड पार गरेका ७० जना प्रतियोगीहरुलाई अडिसनमा सामेल गराई मल्टिराउण्डबाट ४० जना निकालिने कार्यक्रम संयोजक राईले बताए । 

माघ ८ गते सोमबार हुने अडिसनका लागि लोकदोहरी गायक अधिराम राई, अटल राई र भक्त बिश्वकर्मा निर्णायकमा रहने आयोजकले जनाएको छ ।

रियालिटी शोका वजेता मध्ये प्रथमे ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्ष एक गीत रेर्कडीङ, दोश्रोले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिनादिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । 

वेष्ट भोकलिष्टले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!