‘साइँली’भन्दा कम छैन यो गीत, रुवाउँछ तपाईलाई पनि (भिडियोसहित)

Posted on: 01 Feb, 2018

चर्चित वेबसिरिज ‘रङ टाईम’बाट चर्चामा आएका कलाकार सहिन प्रजापतिको आफ्नै भाउजुसँग अनैतिक सम्बन्ध बाहिर सतहमा आएको छ । 

दाजु विदेश गएको बेलामा सहिनले आफ्नो भाउजुसँग अनैतिक सम्बन्ध राखेका हुन्, जसले भाउजु गर्भवती बन्छिन् । तर यो साँच्चैको घटना नभएर एक म्युजिक भिडियोको कहानी हो ।


सत्य घटनामा आधारित मनै कुडाँउने गीत ‘लाएको माया’ सार्वजनिक भएको छ । बिहिबार दिउँसो सार्वजनिक गरिएको गीतमा दाजुभाई र भाउजुको कहानीलाई देखाईएको छ । एउटा समाजको यथार्थ चित्रण गरिएको गीतको भिडियो हेर्दा एकदमै मन छुने किसिमको छ । 

हिन्दी चलचित्रहरुको गीतमा समेत गाएका गायक हिमाल श्रेष्ठको स्वरमा रहेको गीतमा नव क्रान्ति ब्याण्डका मनिष गदारको शब्द तथा संगीत छ । गीत आठ बर्षअघि भारतमा रेकर्ड गरिएको थियो ।

गीतको भिडियोमा सहिन प्रजापति, अनुश्का अधिकारी र प्रतिक अधिकारीको गज्जबको अभिनय छ । पोखराको रमणीय स्थानहरुमा विदुर पाण्डेले छायांकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । 

महादीप श्रेष्ठको निर्माणमा तयार भएको गीतको भिडियोलाई चलचित्र निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । एक्सल इन्टरटेनमेन्ट युकेको प्रस्तुतीमा रहेको गीतको भिडियोलाई लाईमलाइट इंटरटेनमेन्टले उत्पादन गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!