पत्रकार ओझाको ‘वारिको डाँडामा म...’ गीत सार्वजनिक(भिडियोसहित)

Posted on: 06 Apr, 2018

चैत २३, काठमाडौँ | पत्रकार अनुप ओझाको पहिलो गीत ‘वारिको डाँडामा म...’ सावर्जनिक भएको छ । 

युट्यूबमार्फत शनिबार सार्वजनिक भएको गायककै शब्दमा सागर राजले संगीतबद्ध गीतको भिडियो द नेक्स्टले बनाएको हो । 

दुई युवाको बाल्यकालीन मित्रताको सन्दर्भ समेटेको उक्त गीतमा “पढाइ वा अरू कारणले दुई मित्रमध्ये एकजना देश बाहिर र अर्को देशभित्रै रहनुपर्दा सम्झना हुने विगतलाई गीतले लय दिन खोजेको छ”, गायक ओझा बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेरा लागि मित्रतालाई बयान गर्ने यो गीतभन्दा गतिलो अर्को उपाय हुन सक्दैनथ्यो, बाल्यसखाबाट टाढा हुन बाध्य नेपालीलाई यो गीतले एक चोटी झक्झकाउँछ भन्ने विश्वास लिएको छु ।” 

अस्ट्रेलियामा रहेको नेपाली कलाकारको समूह द नेक्स्टका प्रदीप लामाले निर्देशन गरेको गीत भिडियोमा अनुप, द नेस्क्टका कलाकर्मी तथा दिप्सन परियार, निर्मल न्यौपाने, बाल कलाकारहरु सुजन पोखरेल र समीर तामाङले अभिनय गर्नुभएको छ । गीतको भिडियो नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको छ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!