सलमानलाई जेलमा खान दिईयो रोटीसँग बन्दा र दाल, नखाईकन भोकै सुते

Posted on: 06 Apr, 2018

चैत २३, काठमाडौँ | भारतको जोधपुर कोर्टले सलमान खानलाई कृष्णसार (कालो हरिण) शिकार मुद्दामा दोषी ठहर गर्दै पाँच बर्ष कैद सजाय सुनाएकै दिन सलमान शुक्रबार जेल परेका छन् । उनलाई वाइल्ड लाइफ प्रोटेक्शन एक्टले ५ बर्षको सजाय तोकेको हो । १० हजार रुपयाँको जरिवाना पनि लगाएको छ । 

सलमान कैदी नं १०६ को रुपमा आज पनि जेलमै रहने पक्का भएको छ । आज बेल मिल्ने वा जेलमै बस्नुपर्ने भन्ने निर्णय हुन नसक्दा आज पनि उनि जेलमै बस्नु पर्ने भएको हो । शुक्रबार बेलुका सलमानलाई खानाको लागि बन्दा र दाल दिईएको थियो तर उनले नखाएर भोकै सुतेका छन् । 

- जेल डीआईजीले बताए अनुसार जेल नियम अनुसार सलमान खानलाई रोटी, बन्दाको तरकारी र चनाको दाल खान दिईएको थियो, तर उनले उक्त खाना नखाई भोकै सुतेका छन् ।

- सलमानको तर्फबाट अहिलेसम्म कुनै माग आएको छैन । उनको बडीगार्ड शेराले सलमानको लागि केहि कपडा र खाना लिएर आएका थिए तर उक्त नाश्ता पनि सलमानले फिर्ता गरे । 

- जेलमा सलमानलाई एउटा छुट्टै कोठामा एक्लै राखिएको छ । 

- यस जेलमा केहि कुख्यात गुण्डाहरु थुनिएका छन्, जसको कारण सलमानलाई खतरा हुन सक्छ । यसै बिषयलाई ध्यान दिंदै सलमानको सुरक्षामा विशेष ध्यान दिईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!