गायक विजय घिमिरे (भिजे) को नयाँ गीत 'तिम्रो याद" सार्वजनिक (भिडियो)

Posted on: 01 Jun, 2018

जेठ १८ काठमाण्डौ | पछिल्लो समय नेपाली म्युजीक भिडीयोहरुको मेकिङ बदलिएको छ । त्यसको ज्वालंत उदहारण हो पछिल्लो समय सार्बजनिक भएको म्युजीक भिडीयो ‘याद’ ।

आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयोमा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले कैद गरिएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो ।

जुन गीतमा विजय घिमिरे (भिजे) र जनक राईको स्वर सुन्न सकिन्छ । भने गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ ।

लामो समय देखि लन्डनमा बस्दै आएका भिजे लामो समय देखि गीत संगीतमा सक्रिय छन् । गीत लेखन निर्देशन र संगीत  गर्दै आइरहेका उनि कभर गीतहरु बाट बिशेस लोकप्रिय भएका हुन् ।

जनक राईलेनै निर्देशन गरेको म्युजीक भिडीयोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन । भिडीयोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!