नरेन्द्र सिंहको 'मोबाइल अफ हुन्छ' गीत सार्वजनिक (भिडियो सहित)

Posted on: 04 Jun, 2018

प्रज्वल पौडेल/जेठ २१ काठमाण्डौ | नेपाली सष्टा तथा सर्जकहरुले समायानुकुल विभिन्न गीतसंगीत निरन्तर रुपमा बजारमा ल्याउने गरेका छन् । 

यो सँगै नेपाली लोक तथा दोहोरी गीत ग्रामीण भेगमा अझ चर्चाको विषय बन्ने गरेको छ । यसैबीचमा नरेन्द्र सिंह 'टमाटा'को "मोवाईल अफ हुन्छ" गीत बोलको गीत बजारमा आएको छ । लय तथा शब्द संकलनमा मायुर मानिएका रामेछापका युवा कलाकार युनिक भोजराजले यस गीतमा पनि निकै मेहनत गरेका छन् । गायक नरेन्द्र सिंह र गायिका रमिला गदाइलीको सुमधुर आवाजमा रेकर्डिङ गरिएको लोकदोहोरी गीत  ’मोबाइल अफ हुन्छ' युटुवमार्फत आइतबारबाट बजारमा आएको छ ।

प्रेममा आधारित गीतको शब्द संकलन तथा लय सिर्जना नरेन्द्र सिंह टमाटा र युनिक भोजराज विकको रहेको छ ।

पछिल्लो समय फेशबुक लगाएत सामाजिक संजालमा धेरै मान्छे बस्न थालेको प्रति लक्षित गर्दै मोबाइल अफ हुदाँ र  अनलाइनमा नबोल्दा हुने घटनालाई लक्षित गरि शब्द संकलन गरिएको युनिक भोजराज विकले बताए । उनले संचारको साधन भएरपनि सम्पर्क विहिन हुदाँको प्रेम, पीडा र शंकालाई गीत मार्फत सम्प्रेषण गर्न खोजिएको बताए ।

 गीतको म्युजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । ‘गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायाँकन गरेका हुन भने सम्पादन दीपक विष्टले गरेका छन । भिडियोमा सारिका केसी र इन्द्र श्रेष्ठको अभिनय रहेको छ ।

त्रिसना म्युजिक प्रालीबाट अडियो भिडियो निर्माण भई म्यजिक नेपालको युट्युब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो ।

गायिका:- काँ छौ सानू केही खबर पा छैन

              धेरै भयो तिम्रो फोन आ छैन ।

गायक:- कि त तिम्ले सिम फेर्यौ सानू

            किन बन्न खोज्दैछौ विरानो

मैले फोन गर्दा तिम्रो मोबाइल अफ हुन्छ, अनलाइन भेट्दा बोल्दिनौ ए सानू , मलाई छाडी कोसँग गफ हुन्छ !!


यस बिषयमा तपाइको प्रतिक्रिया...!