चलचित्र ‘अनुराग’को पोष्टर सार्वजनिक

Posted on: 11 Jul, 2018

असार २७, काठमाण्डौ | बरिष्ठ पत्रकार ॠषि धमलाकी पत्नी अभिनित चलचित्र ‘अनुराग’को पोष्टर सार्वजनिक भएको छ । पछिल्लो केही समययता चलचित्रको पोष्टर गीतसंगीत र ट्रेलरपछि रिलिज गर्ने क्रम निक्कै बढ्न थालेको छ ।


चलचित्रको पोष्टरमा एलिजा र समुन्द्रको रोमान्सलाई प्राथामिकता दिइएको छ । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सत्यराज चौलागाइले निर्देशन गरेका हुन् । यस चलचित्र असोज १२ गतेबाट रिलिज हुने तयारीमा छ ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा भरत गौतम र गीता भेटवालको लगानी छ । चलचित्रमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी छन । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!