२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रकाश सपूतले गरे चलचित्र ‘वसन्त’ निर्माणको घोषणा, स्वस्तिमासँग जोडी बाँध्दै

२०८१, २३ बैशाख आईतवार ०९:५८

बैशाख २३, काठमाडौँ । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । गायनमार्फत लोकप्रिय बनेका उनले सिनेमा निर्माणको घोषणा गरेका हुन् ।

आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका छन् । ‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं रहनेछन् । उनको अपोजिटमा स्वस्तिमा खड्का हुनेछिन् । चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ ।


चलचित्रको निर्देशन पनि प्रकाश आफैँले गर्नेछन् । सिनेमामा लेखन र संगीत समेत प्रकाशकै हुनेछ । चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् ।

सिनेमामा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । सोही सिनेमाबाट अनुभव हासिल गरेर आफैँ निर्माणमा आएको उनले बताएका छन् । गीतमा जस्तै चलचित्रमा पनि दर्शकको माया पाउने उनको विश्वास छ ।

आफ्नो सिनेमाको छायांकनअगाडि उनले ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो