१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष

२५ बैशाख २०८१, मंगलवार १२:०७

बैशाख २५, काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेमले निम्त्याउने घटनालाई देखाउन खोजिएको छ ।

फिल्ममा आर्यन सिग्देलको कथित तल्लो जातकी अञ्जना बराइलीसँग माया बस्ने, कथित तल्लो जातका मैतबहादुर अर्थात् प्रदीप खड्का भने गुरुङ युवती परीक्षा लिम्बूको प्रेममा परेको देखाइएको छ । त्यस्तै फिल्ममा पल शाह भने जात व्यवस्थाविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने पक्षमा देखाइएको छ ।


आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । 

ट्रेलरको लिंक- 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार