‘नाई नभन्नु ल ५’ को ट्रेलर नम्बर १ ट्रेन्डिङमा (भिडियोसहित)

Posted on: 13 Jul, 2018

असार २९, काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ५’ को ट्रेलर ट्रेन्डिङमा पर्न सफल भएको छ । बुधवार सार्वजनिक भएको ट्रेलर नेपालमा नम्बर १ ट्रेन्डिङमा पुगेको छ ।

उक्त ट्रेलरमा करिब १ हजार आठ समय कमेन्टहरु आएका छन् भने कमेन्ट अधिकांस सकारात्मक छन् । सात लाखभन्दा बढिपटक हेरिएको ट्रेलरलाई १८ हजारभन्दा बढिले लाइक तथा १२ सयले डिसलाइन गरेका छन् । 

नाई नभन्नु ल ५ मा बाल कलाकार अनुभव रेग्मीको प्रमुख भूमिका रहेको छ । उनी यो सिक्वेलका हरेक भागमा दोहोरिएका कलाकार हुन् । पाचौं भागमा उनलाई बाल कलाकार सेडि्रना शर्माले साथ दिएकी छिन्न् । फिल्ममा स्वस्तिमा खड्का र नवनायक अभिषेक नेपाललाई जोडीको रुपमा देख्न सकिन्छ । साथै प्रियंका कार्की, केकी अधिकारी, रुनिता सिंह, दिलिप रायमाझीलाई पनि फिल्ममा देख्न सकिनेछ । पारिवारिक विषयवस्तुलाई प्राथमिकतामा राखिएको उक्त फिल्म भदौ ८ गते रिलिज हुँदैछ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!