मिस नेपाल नर्थ अमेरिकाकि आधिकारिक होस्ट नग्मा श्रेष्ठले गर्दै

Posted on: 14 Jul, 2018

विजय थापा | असार ३०, अमेरिका | अमेरिकाको न्यू योर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि प्रथम मिस नेपाल युनिभर्स' नग्मा श्रेष्ठ आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ । उनलाई मिस नेपाल नर्थ अमेरिका २०१८ ले हालसालै नियुक्त गरेको आफ्नो आधिकारिक सञ्जाल तथा सामाजिक संजाल मार्फत अधिकारिक रुपमा सार्बजनिक गरेको छ ।  

काठमाडौँमा द हिडेन ट्रेजरको आफ्नो २२ औ तथा मिस नेपालको २३ औ वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ लाई पहिलो मिस नेपाल युनिभर्स घोषित गरेको थियो । 


मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि मिस युनिभर्समा नेपालबाट सहभागिता हुन् सकेको थिएन। गत बर्ष सन् २०१७ को मिस नेपालको आयोजना भए सँगै द हिडेन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई उक्त उपाधि दिदै मिस युनिभर्समा पठाएको थियो । 

यसै गरि उनि मिस युनिभर्समा सहभागी हुन नग्मा गत बर्ष नोभेम्बर ५ मा अमेरिका आएकी थिइन् । २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्स मा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तरराष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् । 

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनि कार्यक्रम प्रस्तोता, मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् । 


यसको साथै मिस नेपाल नर्थ अमेरिकाको नेपालका प्रसिद्ध तथा चर्चित डिजाइनर्स (रूपकार )मा स्वेता आचार्य तथा ममता गुरुङ जोशीलाई आधिकारिक डिजाइनर्स (रूपकार)लाई नियुक्त गरेको छ । 

स्वेता आचार्य अमेरिका मै केहि बर्ष अध्ययन गरेर हाल नेपालमै भेषभुषाको क्षेत्रमा होमिएकी छिन् भने २३ बर्ष कै उमेरमा उनले आफ्नो आफू भित्र रहेको शीप र कलाको माध्यमद्वारा आफ्नो नाम स्थापना गर्न सफल रहेकी छिन् । 


यसै गरि ममता गुरुङ जोशी मिम्ज नामकारण स्थापित गर्दै आफ्नो चिनारी बनाउन सफल भएकी छिन् भने उनले आईईसी बाट फेशन डिजाईनिङ्ग ईन्सटिट्युट (संस्था )बाट शिक्षा प्राप्त गरेकी छिन् । यसको साथै उनले टिजीआइएफ सप्ताहमा आफ्ना सङ्कलन प्रस्तुति गरि चर्चा कमाएकी छिन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!