भारतका चर्चित अभिनेता गोबिन्दा नेपालमा

Posted on: 15 Sep, 2018

भदौ ३०, काठमाण्डौ | भारतका चर्चित अभिनेता गोबिन्दा नेपाल आइपुगेका छन् । आइतबार राजधानीमा आयोजना हुने एलजी सर्कल अवार्डका बिशेष अतिथिको रुपमा सहभागी हुन शनिबार दिउँसो १२ बजे त्रिभुवन बिमानस्थलमा आइपुगेका हुन् । 


बिमानस्थलमै सञ्चारकर्मिहरुसँग कुरागर्दै गोबिन्दाले पशुपतिको दर्शन गर्ने पनि बताए । नेपालको ज्वाईं भएकाले पनि नेपाल धेरै नै मनपर्ने उनले बताए । बिमानस्थलमा उनलाई स्वागत गर्नका लागी सिने सर्कल अवार्ड आयोजक दिनेश डिसी तथा सिजि ग्रुपका बरुण चौधरी पुगेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!