चलचित्र ‘अनुराग’ असोज १२ देखि प्रदर्शनमा आउने

Posted on: 26 Sep, 2018

असोज १०, काठमाडौँ | एलिजा गौतम निर्मित चलचित्र ‘अनुराग’ यही असोज १२ देखि देशभर प्रदर्शनमा आउने भएको छ । 

यहाँ आज भएको पत्रकार सम्मेलनमा निर्मात्री गौतमले चलचित्रले नयाँ पुस्ताको मन जित्न सफल हुने बताउनुभयो । “सबै चलचित्र परिवारका सबै सदस्य बसेर हेर्न मिल्दैन तर यो चलचित्र एकै ठाउँमा बसेर हेर्न मिल्ने खालको छ”, गौतमले भन्नुभयो । चलचित्र पूर्णरुपमा प्रेम कहानीमा आधारित रहेको बताइएको छ । 

चलचित्रका नायक समुद्र पण्डितले सो चलचित्र एक पटक सबैले हेर्नैपर्ने खालको रहेको बताउनुभयो । चलचित्रमा ‘अनु’ र ‘राग’ लाई प्रमुख पात्रका रुपमा उभ्याइएको छ । चलचित्रले सामाजिक सन्देश बोकेको नायक पण्डित बताउनुहुन्छ । चलचित्रमा पाँच गीत समाविष्ट छन् । चलचित्रम गौतम र पण्डित मुख्य भूमिकामा छन् भने बालनायकका रुपमा रुपा राग मुख्य भूमिकामा छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!