भारतकै महँगो फिल्म ‘२.०’ प्रदर्शनको केहि घण्टामै अनलाइनमार्फत लिक

Posted on: 30 Nov, 2018

मङ्सिर १४, काठमाडौं | साउथ सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शन भएको केही घण्टा भित्रै अनलाइनमा लिक भएको छ । यसले फिल्मका निर्माताहरुलाई घाटाका साथै ठूलो झड्का लागेको छ ।  फिल्म ‘२.०’ तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो । 

अझै रोचक कुरा के छ भने पाइरेटेड वेबसाइट तमिलरकर्स आफैँले ट्वीटरमार्फत फिल्म निर्मातालाई चेतावनी दिँदै फिल्म ‘२.०’ लिक भएको जानकारी दिएको थियो । अभिनेता अक्षय कुमारले फिल्म निर्माताहरुलाई घाटा हुनबाट बचाउनका लागि आफ्ना फ्यानहरुलाई अनलाइनमा लिक भएको फिल्म नहेर्न अनुरोध गरेका छन् । 

फिल्म निर्माण यूनिटले फिल्मको छायांकनको बेलादेखि नै फिल्मका कुनै पनि जानकारीहरु, तस्बिर र भिडियोहरु लिक नहोस् भनेर धेरै सावधानी अपनाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!