रकस्टार सुदिप थकालीको 'ओम शान्ति ओम' सार्बजनिक (भिडियोसहित)

Posted on: 04 Dec, 2018

मङ्सिर १८, काठमाडौँ | विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम ” रकस्टार ”मा रहेको गित "ओम शान्ति ओम" को म्युजिक भिडियो सार्बजनिक भएको छ | 

विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए | सास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन् |

रक गायक सुदिप कुमार थकालीको आफ्नै शब्द तथा संगीत रहेको यस गीतमा शान्तिका संदेशहरु प्रबाह गरिएको छ | नियोन क्रियसनले भिडियोलाइ बजारमा लिएर आएको छ भने भिडियोमा गायक आफै तथा उनका ब्याण्ड मेम्बरलाई देख्न सकिन्छ |

यस गीतको म्युजिक भिडियोले दर्शक स्रोताहरुको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले "ओम शान्ति ओम" नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा बिश्वस्त छन् |  साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाइ हेरेर दर्शक  आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन् | आफू जहा रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै श्रोता दर्शकहरुको गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाटमा आउने कुरा उनी बताउछन | 

भिडियो हेर्नुहोस :


यस बिषयमा तपाइको प्रतिक्रिया...!