‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ सार्वजनिक (भिडियो)

Posted on: 28 Dec, 2018

पुस १३, काठमाडौं | फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मनीष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतले सहरी युवकयुवतीको प्रेमप्रसंग उठाएको छ ।

गीतमा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले आवाज दिएका छन् । संगीत पनि पोखरेलकै रहेको छ । 

फिल्मको कथा, पटकथा र संवाद सामीप्यराज तिमल्सिनाले लेखेका हुन् । 

फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठको मुख्य भूमिका छ । अन्य कलाकारमा प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको अभिनय छ ।

रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण छ । फिल्म ‘जानी नजानी’ चैत १ गते प्रदर्शनमा आउँदै छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!