रणवीरको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो यसअघिका फिल्मको रेकर्ड

Posted on: 31 Dec, 2018

पुस १६ काठमाडौं | वर्ष २०१८ को सुरुवातमै रिलिज भएको फिल्म ‘पद्मावत’ बाट खिलजीको भूमिकामा गरेको अभिनयले दर्शकको प्रशंसा बटुलेका अभिनेता रणवीर सिंहले वर्षको अन्त्य पनि फिल्म ‘सिम्बा’बाट दर्शकको निकै माया पाए ।


नयाँ वर्षलाई केन्द्रित गरेर डिसेम्बर २८ मा रिलिज गरिएको फिल्म ‘सिम्बा’ले फिल्म समीक्षकको उत्कृष्ट रिभ्यू र दर्शकको प्रशंशा बटुलिरहेको छ । साथै यस फिल्मले आगामी दिनमासमेत दर्शकको राम्रो साथ पाउने अनुमान गरिएको छ । 

फिल्म सिम्बाले रणवीर सिंहका अहिले सम्मका फिल्महरु मध्येप्रदर्शनको पहिलो दिनमै सर्वाधिक व्यापार गर्ने फिल्म रहेको भारतीय चर्चित फिल्म समीक्षक तरण आदर्शले बताएका छन् ।


‘सिम्बा’ले प्रर्दशनको पहिलो दिन शुक्रबार २०.७२ करोड को व्यापार गरेको छ भने दोस्रो दिन झन् पहिलो दिनको भन्दा धरै २३.३३ करोड कमाएको छ । यस अनुसार ‘सिम्बा’ले २ दिनमा ४४.०५ करोडको व्यापार गरेको छ ।

फिल्म ‘सिम्बा’ले रणवीर सिंहको फिल्मी करियरमा अहिलेसम्मका सफल फिल्मको रेकर्ड तोड्दै पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ । 

करण जोहरको निर्माण तथा रोहीत शेट्टीको निर्देशनमा बनेको यस फिल्ममा रणवीर सिंहका साथै अभिनेत्री सारा अली खान, सोनू सुदको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्म ‘सिम्बा’ साउथ फिल्म ‘टेम्पर’ को हिन्दी रिमेक हो । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!