'जनम जनम' मा दिपेन्द्रको उत्कृष्ट निर्देशन (भिडियो सहित)

Posted on: 07 Jan, 2019

पुस २३, काठमान्डौ | प्रविशा अधिकारी र राजु सेन्चुरिको स्वरमा नयाँ गित 'जनम जनम' सार्वजनिक गरिएको छ । 

प्रस्तुत गीतको भिडियोको निर्देशन दिपेन्द्र तिमल्सिनाले निकै मेहनतका साथ गरेको भिडियो हेर्दा थाहा हुन्छ । ड्रोन मार्फत खिचिएका दृश्य र क्यामरामा कैद भएका रोमान्टिक दृश्यले भिडियोलाई निकै उत्कृष्ट बनाईदिएको छ । 


मण्डली फिल्म्सले उत्पादन तथा तयार गरेको यो गीत 'जनम जनम' को शब्द, संगीत भीम केसीको हो भने यस गितमा अभिनय नवराज उप्रेती र जिना थापाले गरेका छन् ।

यस भिडियोको छायांकन बिबेक लामाले गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन् । माया-प्रेममा आधारित प्रस्तुत गितको लय शैलेन्द्र एम प्रधान (बाबु) ले गरेका छन् । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!