दीपक मनाङ्गेले फिल्म निर्माण गर्दै

Posted on: 16 Jan, 2019

माघ २, काठमाडौं – सांसद राजिव गुरुङ ‘दीपक मनाङ्गे’ फिल्म निर्माणमा आउने भएका छन् । उनले शिशिर राणालाई निर्देशकको रुपमा लिएर फिल्म बनाउन लागेका हुन् ।  बुधबार मनाङ्गेसहित उनको निर्माण टिमका अन्य साथीले आफुले बनाउने फिल्मका लागि निर्देशकको रुपमा शिशिर राणलाई चयन गरेका छन् ।


फिल्मको नाम भने तोकिएको छैन । फिल्म रेड वर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको हो । श्यामबहादुर थापाको प्रस्तुति रहने फिल्ममा कार्यकारी निर्माता रघु परियार र किरण नेपाली रहने छन् । विवाहित दम्पतीको प्रेमकथा बन्न लागेको फिल्मको एक गीत रेकर्ड भइसकेको छ । फिल्मका लागि छिट्टै कलाकार पनि टुंगो लाग्ने निर्देशक राणाले बताए ।

फिल्मको छायाँकन आगामी चैत अन्तिम साताबाट सुरु हुने निर्माण पक्षले जानकारी गराए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!