धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’ (भिडियो सहित)

Posted on: 27 Apr, 2019

वैशाख १४, काठमाडौँ | चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् ।

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ । 


खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!