निर्मला पन्त बलात्कार-हत्याकाण्डमा आधारित फिल्म ‘कोपिला’ ट्रेलर सार्वजनिक( भिडियो सहित )

Posted on: 22 Dec, 2019

पुस ६, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकि कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बिषयलाई लिएर बनाइएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ  | शुक्रबार ओएसआर डिजिटलले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो |

चलचित्रमा निर्मलालाई निर्मलालाई कोपिला पात्र बनाइएको छ | ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई देखाइएको छ | चलचित्रको लेखन तथा निर्देशन शिवम् अधिकारीले गरेका हुन् | चलचित्रमा सरिता गिरी, गणेश गिरी र रिद्धि चरण श्रेष्ठको मुख्य भूमिका रहेको छ। चलचित्र मणिराज गौतमले निर्माण गरेका हुन् |

चलचित्रले रिलिज मिति तोकेको छैन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!