आस्था राउत विरुद्ध पक्राउ पुर्जी जारी

Posted on: 19 Jan, 2020

माघ ५,काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको छ | उनलाई अभद्र व्यवहार कसुरको विरुद्ध पक्राउ गर्न प्रशासनले आइतबार प्रहरीलाई अनुमति दिएको हो |

अब गायिका राउत फरार अभियुक्तको सुचिमा परेकी छन् | उनी हाल फेला नपारी सकेको हुनाले प्रहरीको फरार सुचिमा परेकी हुन् | राउत हाल कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेको बताइएको छ |

आइतबार विमानस्थलमा खटिएकी महिला प्रहरी रमिसा श्रेष्ठले आफूमाथि अभद्र व्यवहार कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेकी थिइन् | प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा  जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई पक्राउ गर्न अनुमति दिएको हो |

त्रिभुवन विमानस्थलबाट झापाको उडान भर्ने  क्रममा विमानस्थलमा जाँच गर्ने बेला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ | उनले सोहि दिन  सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!