उच्च अदालतले भन्यो,भिटेनलाई पक्राउ नगर्नु

Posted on: 03 Nov, 2020

कात्तिक १८, काठमाडौं | र्यापर भिटेन भनिने समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ | मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरेको हो | 

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको छ | घिसिङले उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए |

उक्त रिट निवेदनमा उनले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!