कार्यालय समयमा बैठक: सेवाग्राही समस्यामा

Posted on: 24 Nov, 2016

मंसिर ९, नवलपरासी । रामग्राम नगरपालिका कार्यालय नवलपरासीले दिउँसो सेवाग्रहीका काम छोडी बैठक बसेपछि अधिकांश सेवाग्राहीहरु समस्यामा परेका गुनासो गरेका छन् । विभिन्न काम बोकी विहानै १० बजे कार्यालयमा सेवा लिन आएका सेवाग्राही बैठक र खाजाको विभिन्न बहानाबाजीले सेवा ढिलो हुन गएको गुनासो गरे ।  


नगरपालिकामा सेवा लिन झुम्मिरहेका सेवाग्राहीहरुलाई नगरपालिकाले एकछिन भन्दै टार्दै बैठक बस्दा सेवाग्राहीहरुको झनै चाप बढदै गएको थियो । कार्यालयको सेवापछि अन्य विभिन्न कार्यालयहरुमा पनि सेवा लिन पर्ने सेवाग्राही एकछिन नगरपालिको बैठक कुर्दा ढिलो भएको भन्दै आक्रोसित भएका थिए । 


कार्यालय समयमा नगरपालिकाले काम हुर्न पर्छ बैठक हैन सेवाग्राहीहरुको भनाई थियो । हामीलाई यहाँ कति कामको चाप छ नगरापलिकालाई यहाँ बैठक । बैठक विहान अथावा साँझ पो बस्न पर्ने भन्दै कार्यालय समयमा काम गर्न पर्ने सेवाग्राहीहरु नगरपालिकालाई दबाब दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!